गत असार २९ गते शुक्रबार बिहान साढे ३ बजे नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुको विवरण जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नामको बसमा चलानमा भए बमोजिम २७ जना र त्यसबाहेक आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ११ जना गरी ३८ जनाको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
त्यस्तै, काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बसमा चलानमा भए बमोजिम २३ जना र आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ४ जना गरी २७ जनाको विवरण छ।
कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्। शवहरू नारायणी नदीदेखि भारतको गण्डक तलसम्म फेला परिरहेका छन्। सोमबार मात्रै तीन जनाको गरी कुल १४ जनाको शव फेला परेको छ।
तीमध्ये ६ जनाको सनाखत भएको प्रशासन कार्यालयले जनाएको छ। अर्का एक जनाको नाम खुलेको र दुई छुट्टाछुट्टै आफन्तले शवको दाबी गरेकाले दुबिधा उत्पन्न भएको छ।
हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल शाह, चितवनका २२ वर्षीय विकास परियार, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, भारतका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतकै ३० वर्षीय सजाद अन्सारी र भरतपुरका २२ वर्षीय सुदिप विक छन्।
१७ वर्षीय फिरोज राहुप मिया भनिएकाको शव भने दुई फरक आफन्तले दाबी गरेकाले दुबिधा भएको हो।
त्यस्तै एउटा शवको नाम परमानन्द पण्डित भएको खुले पनि पूर्ण सनाखत हुन बाँकी छ।
पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।
सूची:
सम्बन्धित खबर
तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्ः प्रदेश प्रमुख भट्ट
‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की
१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !