काठमाडौँ — नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि कांग्रेस र एमालेले आफूजस्तै बनाएको भुसालको भनाइ थियो ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको बताए । कांग्रेस र एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए ।
‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,’ भुसालले भने, ‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।’
राजनीतिक दलका नेताहरूले नसिक्नुपर्ने कुरा बढी सिक्दा समस्या आएको भुसालको भनाइ थियो । ‘यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ, काम राज्य दोहनकै गर्यौं,’ उनले भने ।
माओवादीले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको भुसालको भनाइ थियो ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?