पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन् ।
शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए ।
‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं । जसले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उनले भने ।
अधिकारीले युवाहरूलाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अगाडि बढ्न आग्रह समेत गरे । युवा संघ कास्कीले बाढी पहिरो लगायतका विपद्मा परेका जनताको उद्धारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको बताउँदै अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन आग्रह समेत गरे ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङ लगायतले बोलेका थिए ।
पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा साउन ६ गते बिहान ७ बजे जिरो किमी देखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते साईमन पार्टी प्लालेस सिर्जनाचोकमा बिहान ११ बजे ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले बताए ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला