पोखरा । आजदेखि फ्रान्सको पेरिसमा ३३ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ ।
दुई सयभन्दा बढी देशका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ । सहभागी खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यस ओलम्पिकमा ४ नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।
खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिएको छ । पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ ।
प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीको सहभागिता रहेको छ । जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने छन् । स्यान्टु क्षेत्रिय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी भएका हुन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो