पोखरा । आजदेखि फ्रान्सको पेरिसमा ३३ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ ।
दुई सयभन्दा बढी देशका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ । सहभागी खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यस ओलम्पिकमा ४ नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।
खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिएको छ । पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ ।
प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीको सहभागिता रहेको छ । जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने छन् । स्यान्टु क्षेत्रिय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी भएका हुन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’