काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको तीन दिनपछि कम्पनीले विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जती व्यक्त गरेको छ । साथै मृतकको परिवारमा गहिरो समवेदना प्रकट गर्दै कम्पनीले पीडित परिवारजनमा कम्पनीले गर्न सक्ने सहयोग समेत प्रदान गर्ने जनाएको छ ।
‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रुपमा रहि काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौँ । यस दुर्घटनामा परि ज्यान गुमाउनुहुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनुपरेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौँ ।’
विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘साथै, पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ ।’
बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा पाइलट मनीषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित खबर
तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्ः प्रदेश प्रमुख भट्ट
‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की
१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !