काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रको मनोवल माथि उठाउने गरी सरकार अघि बढेको भन्दै समृद्ध नेपाल निर्माणको अभियानमा सहयोगी बन्न आह्वान गरेका छन्। ।
मन्त्री गुरुङले जनतामा छाएको चरम निरासालाई कामको परिणामबाटै चिर्ने प्रस्ट योजनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान अघि बढाउनु भएको जानकारी दिँदै मन्त्री गुरुङले सो काममा सहयोगी बन्न निजी क्षेत्रलाई आग्रह गरेका हुन्।
‘प्रधानमन्त्रीले हामी सबै मन्त्रीलाई स्पष्ट निर्देशन दिइसक्नु भएको छ, जनतामा छाएको निराशा चिरेर आसा जगाउने गरी काम अघि बढाइएको छ । त्यो आशा जगाउने भनेको कामबाटै हो । अव निजी क्षेत्रलाई सरकारले आवश्यक वातावरण दिन्छ, आर्थिक गतिविधि बढाएर मुलुक बनाउने काममा हातेमालो गर्न तपाईहरु लाग्नोस,’ क्यान महासंघले आज आयोजना गरेको बीटुबी समिट २०२४ को उदघाटन गर्दै सञ्चारमन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले यसपटक सरकारलाई असफल हुने छुट नरहेकोले सवैसँग सहकार्य र सहअस्तित्वको भावनाबाट काम गरी मुलुकलाई अघि बढाउने प्रस्ट नीति लिएको जानकारी दिए । ‘सरकार गठनको तीनवटै बिकल्प थियो । पहिलो र तेस्रो दल, दोस्रो र तेस्रो दल अनि पहिलो र दोस्रो दल । पहिलो र तेस्रो, दोस्रो र तेस्रो दल मिलेर सरकार बनाएर हेरियो तर दुवै काम लागेन, धेरै समय टिक्नै सकेन । अन्तिम बिकल्पको रुपमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु पर्यो । यो सरकार सबै खाले समस्याको समाधान दिनका लागि हो,’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने ।
सम्बोधनको क्रममा उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानु र नीति खारेज गरेर नयाँ नीति बनाउनुपर्ने बेला आएको बताए। मन्त्री गुरुङले अवको एक बर्षभित्र सबै पुराना नीति खारेज गरी परिवर्तनअनुकुल नयाँ नीति बनाउने आफ्नो योजना रहेको बताए । ‘एक वर्षभित्रै नीतिमा सुधारको काम हुन्छ, सञ्चार मन्त्रालय तपाईहरुको लागि खसधै खुला छ, आउनोस, सबै पक्ष मिलेर देशको हितअनुकुल हुने नियम बनाउने काम गरौं,’ मन्त्री गुरुङको भनाई थियो ।
सञ्चार क्षेत्रमा पञ्चायतकालीन नियम कानूनले अव काम नगर्ने उनले प्रस्ट पारे । ‘सूचना प्रविधिको क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानुन र नीतिले अहिलेसम्म शासन गरिरहेको छ । तर देशमा ठूलाठूला परिवर्तनहरू भइसके पनि नीति र कानुनहरु परिवर्तन भएका छैनन । अब म त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु,’ मन्त्री गुरुङले भन्नुभयो । उहाँले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिबद्धता जनाउनु भयो ।
मन्त्री गुरुङले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझाव दिन सबैसँग आग्रह गरे । मन्त्रालयले नीति कानुन निर्माणमा नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, सीएनआईसहित सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुसँग पहिला छलफल गरेर अन्तिम निर्णय लिने जानकारी पनि उनले दिए।
‘देशलाई फाइदा कसरी हुन्छ ? सूचना प्रविधिको क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ ? यो क्षेत्रबाट २ रुपैया भए पनि राजश्व बृद्धि गर्न कसरी सकिन्छ ? ब्यवसायी र ब्यवसायको प्रबर्धन कसरी गर्न सकिन्छ भन्ने बिषयमा खुलेर छलफल गरी साझा निश्कर्षका रुपमा नयाँ ऐन कानून बनाऔं, यो काम गर्दा राज्यलाई मात्रै होइन, ब्यवसायीहरुलाई पनि फाइदा हुन्छ,’ मन्त्री गुरुङले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्यान महासंघका अध्यक्ष रन्जित पोदारले सरकारले निजी क्षेत्रलाई अघि बढाउने नीति लिएर अहिलेको समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा क्यान महासंघका अध्यक्ष पोदारले ल्यापटप, नोट प्याडमा लगाएको ५ प्रतिशतको अन्तशुल्कबारे पुनर्विचार गर्नुपर्ने बताए ।
‘अहिले सरकार डिजिटल नेपालको कुरा गरिरहेको छ। तर विद्यार्थी र देशका सबै स्कुलमा अत्यावश्यक स्मार्टबोर्ड, ल्यापटप र नोटप्याडमा ५ प्रतिशत अन्तशुल्क लगाएको छ । यसले त झन चोरी बढाउने देखिन्छ । त्यसकारण यसबारेमा पुनर्विचार गरी हटाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष पोदारले भने ।
क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले सूचना प्रविधिको क्षेत्रमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । डिजिटल नेपाल बनाउन प्रविधिमैत्री कानुन, डिजिटल साक्षरता, फिनटेकको सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ छ । यस्तै क्यानमहासंघका संस्थापक अध्यक्ष विमलकुमार शर्माले सरकारले सूचना प्रविधि बुझ्ने उच्चस्तरीय आयोग बनाउनु पर्ने सुझाव दिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’