पोखरा । पत्रकारलाई कुट्नुपर्ने भन्दै अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कारबाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, पत्रकार महासंघ कास्की शाखा, प्रेस चौतारी कास्की, प्रेस यूनियन गण्डकी, प्रेस सेन्टर कास्की लगायत विभिन्न पत्रकार संगठनहरुले मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
मन्त्री गुरुङले आइतबार दिउँसो अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीको नामै किटेर कुटपिट गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका छन्, छन्, ‘उसले (अमृत सुवेदीले) कुटाइ खानुपर्ने थियो, बिचरा सोझा पत्रकारले कुटाइ खाएछन् ।’
मनाङे भेस्ट मात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटोसहित सुवेदीले अनलाइन खबरमा समाचार लेखेका थिए । त्यही समाचारलाई आधार बनाएर मनाङेले मन्त्रीको कुर्सीमै बसेर निकृष्ट शब्द बोलेका छन् ।

जिम्मेबार पदमा बसेका मन्त्रीबाटै यस्तो अभिव्यक्ति आउँदा आफूलाई असुरक्षित महसुस गरेको पत्रकार सुवेदीले बताए । प्राप्त सूचना र प्रमाणका आधारमा समाचार लेख्दा जिम्मेवार व्यक्तिबाटै यस्तो व्यवहार हुँदा सरकारको नेतृत्व भने चुप लागेर बसेको उनले बताए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतमा छन् । कार्यवहाकको जिम्मेवारी पाएका समाजिक विकाश तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले घटनाको बारेमा जानकारी पाएको र आफूलाई धेरै दुःखित बनाएको बताए । आफू तनहुँबाट फर्कँदै गरेको र लगत्तै मनाङेसँग यसबारेमा कुरा गर्ने बताएका छन् ।

यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्न गएका बेला आइतबार बिहान पत्रकार बिनु थापा र सुरज थापामाथि कुटपिट भएको थियो । उनीहरुलाई कुट्ने ५ जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।


सम्बन्धित समाचारः
‘सेन्डो भेस्ट’ लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटो भाइरल भएपछि पत्रकारमाथि मनाङेको आक्रोश
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु