नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ। एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्तीमार्फत पाण्डे सरकारलाई सचेत बनाएको हो ।
संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन गरिसकेको र त्यसैअनुरूप प्रदेशहरूमा पनि सरकार गठन-पुनर्गठन भइरहेका बेला एमालेसँगको सहमतिबिना दीर्घकालीन निर्णय नलिन भन्दै एमालेले गण्डकी प्रदेशको सरकारलाई सचेत गराएको हो।
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। यहाँ एमाले सरकारमा सहभागी भइसकेको छैन।
एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बुधवार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र नेपाली कांग्रेसको सहमतिमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वलाई दुई तिहाई मतको विश्वास प्राप्त भई सरकारले कार्यारम्भ गरेको छ। केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरूबीच समन्वय भई प्रदेशका सरकारहरू गठन पुनर्गठन पनि भइरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘गण्डकी प्रदेशको सरकारमा नेकपा एमालेको संलग्नता नभई दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमतिविपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा एमाले आग्रह गर्दछ।’

सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण