कास्की । यहाँको चर्चित पदयात्रा मार्ग मर्दी हिमाल ट्रेक रुटमा मानव कंकाल फेला परेको छ । खुट्टाको नलीहाड जस्तो देखिने हड्डी, मोबाइल र लगाएको कपडा (ट्रयाकसुट) फेला परेको हो ।
माछापुच्छ्रे आधार शिविर नजिकै लामडाँडा खोँचमा कंकाल र बोकेका तथा लगाइएका सामाग्री भेटिएको हो । शरीरको मासु तथा अन्य हाडको नामोनिशान भेटिएको छैन भने कपडाहरु च्यातिएको अवस्थामा फेला परेको छ ।
भेडीगोठालोले निगालोघारी नजिकै कंकाल फेला पारेका हुन् । भालुले खाएर हाडखोर मात्र बाँकी रहेको हुनसक्ने अनुमान छ ।
कपडा र मोबाइल चिन्न सक्ने अवस्थामा रहेकाले शव धेरै पूरानो नभएको अनुमान गर्न सकिन्छ ।
मर्दी ट्रेकमा गएका स्वीडेनी नागरिक गएको वर्ष पुस १४ गतेबाट हराइरहेका छन् । मिचेल लिउ ब्लोमवर्ग नाम गरेका २२/२३ वर्षका युवक मर्दी हाई क्याम्पबाट बिहानै ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका थिए ।
झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि उनी निस्किएका थिए । उनी हराएपछि हेलिकोप्टरसहित खोजी गर्दा पनि केही पत्तो लागेको थिएन।
यस्तै, सन् २०१८ मा पदयात्रामा गएकी नेदरल्याण्डकी कोरी पनि बेपत्ता भइन् । फेब्रुअरी २० मा मर्दी पदमार्गको हाइक्याम्प स्थित होटल ट्रेकर्स प्याराडाइजबाट बेस क्याम्प चढेर मौसम खराब भन्दै पुनः हाइक्याम्प झरेर उनी माछापुच्छ्रे होटलमा बसेकी थिइन् ।
छोरी रेइनलाई म्यासेज पठाएर २१ फेब्रुअरीमा पुनः बेसक्याम्पका लागि बाटो तताएकी उनी फर्किनन् । त्यस दिनदेखि उनको अत्तोपत्तो छैन । आमा जिन वर्षेनी छोरी भेट्ने आशमा नेपाल आइरहन्छिन् तर अझै लास समेत पाएको अवस्था छैन ।
कोरी वेपत्ता भएको ६ वर्ष वितिसकेकाले शव उनको हुने सम्भावना छैन । तर, स्वीडेनी युवक ७ महिना अघिदेखि मात्र हराएकाले उनको हुनसक्ने सम्भावना छ ।
थप विवरण प्राप्त हुन बाँकी ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’