कास्की । यहाँको चर्चित पदयात्रा मार्ग मर्दी हिमाल ट्रेक रुटमा मानव कंकाल फेला परेको छ । खुट्टाको नलीहाड जस्तो देखिने हड्डी, मोबाइल र लगाएको कपडा (ट्रयाकसुट) फेला परेको हो ।
माछापुच्छ्रे आधार शिविर नजिकै लामडाँडा खोँचमा कंकाल र बोकेका तथा लगाइएका सामाग्री भेटिएको हो । शरीरको मासु तथा अन्य हाडको नामोनिशान भेटिएको छैन भने कपडाहरु च्यातिएको अवस्थामा फेला परेको छ ।
भेडीगोठालोले निगालोघारी नजिकै कंकाल फेला पारेका हुन् । भालुले खाएर हाडखोर मात्र बाँकी रहेको हुनसक्ने अनुमान छ ।
कपडा र मोबाइल चिन्न सक्ने अवस्थामा रहेकाले शव धेरै पूरानो नभएको अनुमान गर्न सकिन्छ ।
मर्दी ट्रेकमा गएका स्वीडेनी नागरिक गएको वर्ष पुस १४ गतेबाट हराइरहेका छन् । मिचेल लिउ ब्लोमवर्ग नाम गरेका २२/२३ वर्षका युवक मर्दी हाई क्याम्पबाट बिहानै ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका थिए ।
झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि उनी निस्किएका थिए । उनी हराएपछि हेलिकोप्टरसहित खोजी गर्दा पनि केही पत्तो लागेको थिएन।
यस्तै, सन् २०१८ मा पदयात्रामा गएकी नेदरल्याण्डकी कोरी पनि बेपत्ता भइन् । फेब्रुअरी २० मा मर्दी पदमार्गको हाइक्याम्प स्थित होटल ट्रेकर्स प्याराडाइजबाट बेस क्याम्प चढेर मौसम खराब भन्दै पुनः हाइक्याम्प झरेर उनी माछापुच्छ्रे होटलमा बसेकी थिइन् ।
छोरी रेइनलाई म्यासेज पठाएर २१ फेब्रुअरीमा पुनः बेसक्याम्पका लागि बाटो तताएकी उनी फर्किनन् । त्यस दिनदेखि उनको अत्तोपत्तो छैन । आमा जिन वर्षेनी छोरी भेट्ने आशमा नेपाल आइरहन्छिन् तर अझै लास समेत पाएको अवस्था छैन ।
कोरी वेपत्ता भएको ६ वर्ष वितिसकेकाले शव उनको हुने सम्भावना छैन । तर, स्वीडेनी युवक ७ महिना अघिदेखि मात्र हराएकाले उनको हुनसक्ने सम्भावना छ ।
थप विवरण प्राप्त हुन बाँकी ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला