साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सूचक उच्च अंकले बढेको छ । नेप्से सूचक १०८.३५ अंकले बढेर २ हजार ७५९.३५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन मंगलबार १४५ अंकले करेक्सन आएको बजारमा यो दिन लगानीकर्ता कारोबारको शुरुवाती समयदेखि नै सम्हालिएका थिए ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेको छ ।अघिल्लो दिन ठूलो अंक अर्थात् २३ अर्ब ७१ करोडको एतिहासिक कारोबार भएको थियो।
लगानीकर्ता बीच प्रोफिट बुक गर्ने प्रतिस्पर्धाले यो दिन पनि शेयर बजारमा निकै दबाब देखिएको थियो। अघिल्लो दिनको तुलनामा घटेको कारोबार रकमले गर्दा लगानीकर्ताले प्रोफिट बुक गरिसकेको हुँदा नयाँ लगानीकर्ताहरुले भने यो दिन लगानी बढाएका छन् । यो दिन बिक्रेतादरभन्दा खरिदकर्ता बढी मात्रामा हाबी भएका छन् ।
यो दिन ३३० वटा कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३ कम्पनीको मात्रै मूल्य घट्यो ।
आज सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी जिवन बिमा ५१०.९८ र निर्जिवन बीमा ४००.५७ अंकले बढ्यो । होटल तथा पर्यटन ३६७.५०, उत्पादन तथा प्रशोधन २६४.०७, फाइनानस २३८.२६, विकास बैंक २२९ .९४ अंकले बढ्यो ।
बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर कम्पनी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको कारोबार भयो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’