साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सूचक उच्च अंकले बढेको छ । नेप्से सूचक १०८.३५ अंकले बढेर २ हजार ७५९.३५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन मंगलबार १४५ अंकले करेक्सन आएको बजारमा यो दिन लगानीकर्ता कारोबारको शुरुवाती समयदेखि नै सम्हालिएका थिए ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेको छ ।अघिल्लो दिन ठूलो अंक अर्थात् २३ अर्ब ७१ करोडको एतिहासिक कारोबार भएको थियो।
लगानीकर्ता बीच प्रोफिट बुक गर्ने प्रतिस्पर्धाले यो दिन पनि शेयर बजारमा निकै दबाब देखिएको थियो। अघिल्लो दिनको तुलनामा घटेको कारोबार रकमले गर्दा लगानीकर्ताले प्रोफिट बुक गरिसकेको हुँदा नयाँ लगानीकर्ताहरुले भने यो दिन लगानी बढाएका छन् । यो दिन बिक्रेतादरभन्दा खरिदकर्ता बढी मात्रामा हाबी भएका छन् ।
यो दिन ३३० वटा कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३ कम्पनीको मात्रै मूल्य घट्यो ।
आज सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी जिवन बिमा ५१०.९८ र निर्जिवन बीमा ४००.५७ अंकले बढ्यो । होटल तथा पर्यटन ३६७.५०, उत्पादन तथा प्रशोधन २६४.०७, फाइनानस २३८.२६, विकास बैंक २२९ .९४ अंकले बढ्यो ।
बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर कम्पनी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको कारोबार भयो ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन