काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन् । सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नु पर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ । विजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले संसदसम्म ल्याउछौँ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुँदा महिला छुटाइहाल्छौ । हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौँ । यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नुभयो तर उहाँकै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं । हामी यति सम्म गर्छौँ कि, दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुवै जना नै पुरुष बनाउँछौँ । गाँउपालिकामा मौका मिल्नासाथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ । प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउने कि नबनाउने ? संघीयता योभन्दा राम्रो बनाउने हो ।’
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईँतिर राखेर सरकार चलाउँदा हुने बताए ।
उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होईन ? अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौ कांग्रेस र एमालेलाई बढार्छौ । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाए हुन्छ ।’
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प