मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए।
उक्त जम्बो मन्त्रीमण्डलको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिंह मधेसमा मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।
त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।
मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले हिजो सोमबार नै राजीनामा बुझाएका थिए।
एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पार्टीबाट राज्यमन्त्री भएकाहरूले राजीनामा दिइसकेको बताए। मधेस मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन