सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा भीषण हिम पहिरो गएको छ। हिमपहिरोपछि दूधकोसी क्षेत्रमा ठूलो बाढी समेत आएको छ।
थामे बस्तीका केही घर र होटलहरु बगाएको छ।
हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म थप विवरण आइसकेको छैन। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बाढीले दुईवटा होटल बगाएको सूचना आएको जानकारी दिइन्।
उनले मानवीय क्षति भएको भन्ने सूचना भने नआएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।
‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार अहिले विवरण संकलन गर्ने कार्य भइरहेको छ।
स्थानीय क्षेत्रमा सुरक्षा प्रदान गर्न आफूहरूको टोली खटिएको पनि उनले बताए।
दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।
खुम्बु पासाङ ल्यामु, माप्यदूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।
थामेको बाढी दुधकोशीमा मिसिएसँगै दूधकोशी तटीय क्षेत्रमा जोखिम रहेकोले गाउँपालिकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अपिल समेत गरेको छ । दूधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरुमा त्रास बढेको छ । बाढीले के कति मानवीय क्षति पुर्यायो यकिन भने हुन सकेको छैन ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन