मुस्ताङ । उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ। वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातिले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन्।
बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ। यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो।
लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छियुमी विष्टले बर्खा यामको बिदाइ गर्न यार्तुङ पर्व मनाउने गरिएको बताए।
‘यार्तुङ उपल्लो मुस्ताङको सांस्कृतिक पर्व र पहिचान हो,’ उनले भने, ‘बर्खायाम सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक विपद्, रोगब्याधी र अप्रिय घटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ।’
यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रूपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्त्वपूर्ण रहेको बताए।
स्थानीयबासीको अनुकुलता र फुर्सद मिलाएर तीन दिन यार्तुङ पर्व मनाउने चलन छ। रानीपौवाको पुराङको जनप्रिय युवा क्लवका अध्यक्ष कैशाङ ठोक्या ठकुरीले मौलिक पर्व यार्तुङको सांस्कृति, संस्कार र मौलिकता संरक्षणसँग खेलकुद र पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताए।
यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उनले बताए। तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको छ।
यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन्। उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौं, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन्। फागुनमा गर्मी सुरु भएपछि घर फर्कने उनिहरु सहरमा घुम्ती व्यवसाय गर्छन्।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर