नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी सङ्गठन निर्माण जाने बताएका छन् ।
पोखरामा भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठककोसमापनमा उनले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
“हामी सरकारको जोड घटाउमा लाग्ने होइन,अरुले हामीलाई खोज्दै आउने स्थिति हुन सक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो ।” उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिलेपनि देशको महत्वपूर्ण शक्ति रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलव्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए ।
उनले भने – “परिवर्तनका उपलव्धीहरुलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः सङ्घर्षमा उत्रिएर भएपनि परिर्वतनलाई जोगाउनु पर्दछ ।”
अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको बताए ।
उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए । “अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टी भित्रको एकता हो ।” अध्यक्ष प्रचण्डले भने ।
सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल लगायतले भनाई राखेका थिए ।
बैठकमा बोल्ने पदाधिकारी तथा अन्य नेताहरुले जनयुद्ध, शान्ति प्रक्रिया,सदन र सरकारको लामो अनुभवले पनि अध्यक्ष प्रचण्डको विकल्प नभएको बताएको पार्टीको गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारीले बताए ।
माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक आयोजना गरिएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो