एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएका हुन्।
निर्वाचन अन्तर्गत खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।
महिला उपाध्यक्षमा जयन्ती राई र मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी भएका छन् । उपाध्यक्ष खुला चारजनाका लागि ११ जना प्रतिस्पर्धामा थिए । ललितबहादुर बस्नेत, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम बास्कोटा खुला उपाध्यक्षको प्रतिस्पर्धामा थिए ।
उपाध्यक्ष महिलाबाट एकजनाका लागि जयन्ती राई र रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिए । झाँक्री पराजित भएकी छन् । उपाध्यक्ष मधेशी समुदायबाट एकजनाका लागि धर्मनाथप्रसाद साह र रामचन्द्र झा प्रतिस्पर्धामा थिए ।
उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह विजयी भएका छन् । उपमहासचिव चारजनाका लागि १९ जना चुनावी मैदानमा थिए । लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, डा. देउमान सम्बाहाङ्फे, नागेन्द्र चौधरी, मेटमणि चौधरी, अम्बरबहादुर थापा, राजेन्द्र राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का प्रतिस्पर्धामा थिए।
सचिवमा गणेश विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय र चन्द्रबहादुर शाही विजयी भएका छन् । सचिव दलित समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए । गणेश विश्वकर्मा, निरादेवी जैरू र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा थिए ।
सचिव आदिवासी जनजाति समुदायबाट एकजनाका लागि तीनजना प्रतिस्पर्धामा थिए । बलदेव चौधरी, राजन राई र टोकबहादुर वाइबा प्रतिस्पर्धामा थिए ।
सचिव खुलाबाट पाँचजनाका लागि २६ जना प्रतिस्पर्धामा थिए । श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद खनाल, घनप्रसाद गौतम, धर्मराज पौडेल, डा. वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, डा. राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवबहादुर भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्रा भुसाल, दिलु पन्त, नरेश शाही, दीर्घ सोडारी, केशव विष्ट, शेरबहादुर केसी, पोखराका मेयर धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी र विदुर सापकोटा प्रतिस्पर्धामा थिए ।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो।
हेर्नुहोस् मतपरिणाम :

पदाधिकारीको सूची :
वरिष्ठ उपाध्यक्ष :
१) राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्षहरु :
१) जयन्ती राई (पूर्व उपाध्यक्ष)
२) धर्मनाथ शाह (पूर्व उपाध्यक्ष)
३) प्रकाश ज्वाला (पूर्व उपमहासचिव)
४) जगन्नाथ खतिवडा (पूर्व उपमहासचिव)
५) गंगालाल तुलाधर (पूर्व उपमहासचिव)
६) भानुभक्त जोशी
उपमहासचिव :
१) गरिमा शाह (पूर्व सचिव)
२) राजेन्द्र राई (पूर्व सचिव)
३) मेटमणि चौधरी
४) रामकुमार भट्टराई
समावेशी सचिव :
१) बलदेव चौधरी
२) गणेश विक
खुला सचिव :
३) शेरबहादुर कुँवर
४) चन्द्रबहादुर शाही
५) सोमप्रसाद पाण्डे
६) सावित्रा भुसाल
७) श्रीनाथ बराल
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन