अमेरिका । होस्टन प्रहरीले २१ वर्षीय नेपाली छात्रा मुना पाण्डेको हत्या सम्बन्धी आरोपमा एकजना संदिग्धलाई पक्राउ गरेको छ।
बुधबार साँझ सार्वजनिक सुझावहरूको आधारमा ट्राफिक जाँचको क्रममा यो पक्राउ गरिएको हो। हालसम्म संदिग्धको पहिचान खुलाइएको छैन तर प्रहरीसँग उनले बयान दिएका छन्। यस समयसम्म कुनै आरोप दर्ता गरिएको छैन।
प्रहरीले बुधबार साँझै सार्वजनिक गरेको सीसीटीभी फुटेजमा संदिग्धको तस्बिर कैद गरिएको थियो । जुन शनिबार, अगस्त २४ का दिन राति ९:४८ बजेको थियो।
मुनाको शव सोमबार साँझ उनको होस्टनस्थित अपार्टमेन्टमा फेला परेको थियो। प्रहरीलाई बेलुका ५:३५ बजे प्राप्त भएको कलपछि घटनास्थलमा पुगेका प्रहरीले उनलाई गोली लागेको अवस्थामा मृत फेला पारेका थिए। यो घटना वेस्ट एयरपोर्ट बुलेवार्डमा भएको थियो। मुनाको शव पोष्टमार्टमको लागि पठाइएको छ।
भोजपुर, नेपालकी मुना २०२१ देखि होस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। उनकी आमा, अनिता पाण्डे अधिकारी, काठमाडौं, नेपालमा बसोबास गर्छिन्। मुना आफ्नो परिवारकी एक्ली छोरी थिइन्।
शनिबारदेखि मुना पाण्डेको फोन स्विच अफ रहेकोले घटना सप्ताहन्तमा नै घटेको हुनसक्ने अनुमान गरिएको छ।
मुनालाई एकल आमा अनिता पाण्डे अधिकारीले पालनपोषण गरेकी थिइन्। श्रीमानले अस्वीकार गरेपछि अनिताले कठिन संघर्ष गर्दै छोरीलाई हुर्काएकी थिइन्। उनले मुनालाई अमेरिकामा उच्च शिक्षा हासिल गराउन सक्षम भएकी थिइन्।
अपार्टमेन्टको हत्या घटनाबाट निकै शोकाकुल भएकी अनिता पाण्डेले छोरीको हत्याको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेकी छिन्। उनले न्यायको लागि अमेरिकामा रहेका नेपाली समुदायको सहयोगको पनि अपिल गरेकी छिन्। मुनाका साथीहरु र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरुले पनि न्यायको माग गर्दै आवाज उठाएका छन्।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो