नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले ओली राम्रो मान्छे भएको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताएका हुन् ।
देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन नै दिए । उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कहिले पनि धोका नदिएको तर प्रचण्डबाट पटक–पटक धोका खाएको बताए ।
‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी‚’ उनले भने‚‘दुःख गरेको राम्रो मान्छे हो उहाँ ।’
देउवाले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताए । सोही कारण कोही न कोही दलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको उनले बैठकमा स्पष्ट धारणा राखे ।
‘कुनै पनि पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीको बहुमत आउँदैन‚’ देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने‚‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’
सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गरे ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने