काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफूमाथि माओवादी सशस्त्र संघर्षको बेला हतियार तस्करीको आरोप लगाउनेहरुलाई समिति बनाएर छानविन गरी देखाउन चुनौति दिएका छन् ।
टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस विषयमा माओवादीले संसद्मा प्रस्ताव लगेर माओवादीकै नेतृत्वमा समिति बनाएर छानविन गर्दा हुने बताए । उनले छानविनको अवधिसम्म आफूले स्वत निलम्बनको घोषणा गर्ने पनि बताए ।
‘यस्ता बेतुकका कुरा गर्दै हिँड्नुको कुनै पनि अर्थ छैन । जसले भने ती मित्रलाई म के भन्न चाहन्छु भने, संसद्मा प्रस्ताव ल्याउनुस् । तपाईँकै संयोजकत्वमा एउटा समिति बनाऔं । एमाले बस्दैन, मेरो बारेमा तपाईँनै छानविन गर्नुस्, माओवादीले नै छानविन गरोस्, मैले हतियार तस्करी गरेँ की ? मैले के गरेँ की ? तपाईँ नै छानविन गर्नुस् । त्यो छानविन कति महिनामा टुङ्ग्याउनुहुन्छ ? त्यो अवधिमा म स्वत निलम्बनको घोषणा गर्छु । त्यो हिम्मत छ, त्यो इमान छ मसँग,’– उनले भने ।
नेता भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओावादीका नेताहरुले उनलाई जनयुद्ध कालमा हतियार तस्करी गरेको र चन्दा आतङ्क मच्चाएको आरोप लगाएका थिए । उक्त आरोपलाई नेता भट्टराईले चुनौति दिएका छन् । उनले आफू तस्करी गरेर र जमिनमुनि सुन र पैसा गाडेर राजनीतिमा नआएको बताए । आज माओवादीमा हिजो गाडेको सुनको लडाईँ रहेको पनि उनले दाबी गरे ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?