पोखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन भए । समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकासराज वाग्ले र माधव भण्डारी चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर लगाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले राजिव गुरुङ खेलकुद मन्त्री हुँदा उनको कार्यकालमा प्रदेशले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताए ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलको सुरुवाती दिन स्मरण गर्दै खेलाडी तथा टेनिस प्रेमीहरूको एकता र सहकार्यलेनै टेनिस खेलले यति धेरै प्रगती गर्न सकेको बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाले गतिविधिका दृष्टिकोणले टेनिस संघ कास्कीको गतिशिल संघ भएको उल्लेख गरे । संघका सल्लाहकार गोपीबहादुर भट्टराईले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै यो समितिले टेनिस गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । अधिवक्ता विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा दोर्जे लामा गोपी भट्टराई र केशव पाठक सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।
यसअघि समितिका निवर्तमान अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै उनले पोखरामा टेनिस विकासको गति अब नरोकिने दाबी गरे ।
कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले आर्थिक प्रतिवेदन पेश गर्दै टेनिसका विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि आर्थिक रुपमा सहयोग गर्ने संघ संस्था तथा टेनिसका शुभचिन्तकहरूप्रति कृतज्ञता जाहेर गरेका थिए । सचिव नवीन श्रेष्ठले सञ्चालन तथा कार्यप्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष नवीन चालिसेले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन