काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा नलगी पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
आज बिहान ७ बजे उडेको उक्त फ्लाइट भूइँ छाडेको करिब ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो। विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो ।
विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। थप प्राविधिक निरीक्षणपछि मात्र विमानलाई पुनः उडानका लागि अनुमति दिइने बताइएको छ।
विमान आकस्मिक रूपमा फर्काइएको भए पनि सबै यात्रुहरु सुरक्षित रहेका छन्। उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य लगिएको छ । अधिकारीहरुले यात्रुहरुको सुरक्षामा कुनै पनि जोखिम नरहेको जानकारी दिएका छन्।
यसअघि, अस्ति शनिबार बुद्ध एयरको जहाज पोखरा विमानस्थलबाट उड्ने बेला ईञ्जिनमा समस्या देखिएर ईमर्जेन्सी ब्रेक लगाइएको यात्रुले बताएका छन् ।
चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले पोखरादेखि काठमाडौंसम्मका लागि दिउँसो १ बजेको जहाजमा आफू रहेको र उक्त जहाज उड्ने बेला झ्याप्प ब्रेक हानेर रोकेको बताएका छन् ।
फेसबुकमार्फत् उनले आफूहरुलाई जहाजर्को ञ्जिनमा खराबी आएर रोकिएको यात्रुहरुलाई जानकारी गराइएको पनि खुलाएका छन् ।
हेर्नुहोस् स्टाटस्ः

सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?