पोखरा । नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।
नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवानको आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौं ।’ उनलाई शुभचिन्तकदेखि सेलिब्रेटीहरूले बधाई दिइरहेका छन् ।
उक्त तस्बिरमा उनले लगाएको टी–सर्टमा ‘सुन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी–सर्टमा ‘सुन टू बी ड्याडी’ लेखिएको छ ।
नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा काठमाडौंमा विवाह बन्धनमा बाधिएका हुन् । उनीहरू दुवै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनले ‘हामी तीन भाइ’, ‘सपना’, ‘त्रिशुल’, ‘युद्ध’, ‘बाटो मुनीको फूल’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । उनका श्रीमान् डाक्टर कटवाल मुटुरोग विशेषज्ञ हुन् ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु