पोखरा महानगरपालका वडा नं. ५, पर्स्याङ स्थित शान्ति निकेतन स्कूल राष्ट्रिय शिक्षा दिवसका अवसरमा सम्मानित भएको छ ।
यसै स्कूलबाट मेधावी छात्रा अदिति पराजुलीले ४ जीपीए ल्याई एसईई उत्तीर्ण गरेकी थिइन् । यस्तै, स्कूलका विद्यार्थीहरुले औषतमा ३.६६ जीपीएसहित शतप्रतिशत उत्तीर्ण भएकोमा विद्यालयलाई सम्मान गरेको हो ।
जिल्ला शिक्षा समिति कास्की, शिक्षा विकास तथा समन्वय इकाई कास्कीले आइतबार विद्यालयलाई उत्कृष्ट नतिजा ल्याएकोमा सम्मान र अदितिलाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद दामोदार बैरागी, विशेष अतिथिहरु प्रदेश सांसदद्वय गणेशमान गुरुङ, प्रकाश बराल लगायतले विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्याल, परीक्षा विभाग प्रमुख हेम सुवेदीलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरे ।

उक्त अवसरमा कास्की जिल्लाबाट ४ जीपीए प्राप्त गर्ने ९ विद्यालय र २१ विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । यस्तै, जिल्लाका ५ वटा पालिकाका उत्कृष्ट सामुदायिक विद्यालयहरु पनि सम्मानित भए ।
सामुदायिक विद्यालयका विषयगत शिक्षकहरु, संस्थागत विद्यालयका शिक्षकहरु पनि सम्मानित भए ।
सामुदायिकतर्फ भुर्जुङखोलाको माछापुच्छ्रे मावि र पोखरा १६ को विन्दवासिनी मावि तथा संस्थागततर्फ मदरल्याण्डलाई पनि सम्मान गरेको थियो ।
कास्की जिल्लाबाट शत प्रतिशत नतिजा ल्याउने ३६ विद्यालयमध्ये ५ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारः
शान्ति निकेतनमा तीज पर्वको महत्व बुझाउन विद्यार्थीबीच तीज गीत प्रतियोगिता
शान्ति निकेतनमा सांस्कृतिक नृत्य
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो