पोखर । प्रसूति व्यथा च्यापेर सिकिस्त एक जना गर्भवतीको बाग्लुङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको आइतबार बिहान बुर्तिबाङबाट हवाई उद्धार गरिएको हो ।
व्यथा च्यापेपछि उनी शनिबार राति ९ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । आइतबार बिहान साढे ३ बजेदेखि उच्च रक्तचापले मुर्छा परेपछि श्रीपालीलाई काठमाडौं पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. नविन्द्र ढकालले बताए । उनलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल लगिएको छ ।
घुमफिरको सिजन भएकाले यो समयमा निजी कम्पनीको हेलिकप्टर उद्धारका लागि पाउन मुस्किल हुन्छ । निजी कम्पनीको हेलिकप्टर नपाइएपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गृह र रक्षामन्त्रीलाई सम्पर्क गरेका थिए । ‘मैले बिहानै ४ बजे खबर पाएको थिएँ । त्यसपछि मन्त्रालयको टिमले निजी हेलिकप्टर कम्पनीलाई सोध्यो । सबै रिजर्भ रैछन्,’ उनले भने, ‘गृह र रक्षामन्त्रीले सहयोग गर्नुभयो । त्यसपछि नेपाली सेनाको हेलिकप्टर बिहान बुर्तिबाङ गयो ।’
गर्भवती श्रीपालीको स्वास्थ्य रेखदेखमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो ।

सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह