विद्युतीय कारोबार कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ ।
पक्राउ परेका प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । १० दिनको माग गरिएको भए पनि तीन दिनमात्र दिइएको हो ।
साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै काठमाडौँ जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
प्रहरीका अनुसार उनीविरुद्ध दफा ४७ आकर्षित हुने प्रहरीले जनाएको छ । दफा ४७ मा ‘कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ उल्लेख गरिएको छ ।
४७ को उपदफा २ अनुसार यो कसूर पटक पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।
यसैबीच, प्रसाइँलाई अदालत ल्याउँदा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने