पोखरा । परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशिएका ज्ञानबहादुर थापामगर रसियामा हरायपछि उनको परिवार बिचल्लीमा परेको छ । दलालमार्फत् रसिया पुगेका थापा १० महिनादेखि सम्पर्क बिहीन भएपछि ५ जनाको परिवार बिचल्लीमा परेको हो ।
बर्दिया जिल्लाको बाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ वर्षीय थापाको ५ जनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ ।
रसिया गएको एक वर्ष भयो, मंसिरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्कबिहीन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताउँछिन् । रसिया जाँदा ७ लाख लागेको थियो ।
गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भनिन्, श्रीमानसँग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ ।
‘रसिया पुगेपछि उहाँले भन्नुहुन्योे, पहिलो क्याम्पमा राम्रो सुविधा थियो, दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाइदिनुभयो, युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन,’ इन्दिराले भनिन् ।
निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भने पनि परिवारको सुखका लागि उनले जोखिम उठाएको थिए ।
इन्दिरा थापा भन्छिन्, ‘मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परीक्षणका लागि सम्पर्क बिहीन थापाको दिदी काठमाडौं गएकी थिइन् ।
सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।
मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौं नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उनले बताइन् । रासस
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन