काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी)लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमको संकल्पसहित सडकको बाघ भएर निस्कन निर्देशन दिएका हुन् ।
‘पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ । प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ’, विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’
सरकारमा रहँदा आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै कारण सत्ता छाड्नुपरेको उनले दाबी गरे ।
‘इतिहासमा यतिधेरै हाइप्रोफाइविरूद्ध कहिले कारबाही भएको थिएन । भूमाफियाविरुद्ध अभियान छेडेकै हो । सामाजिक न्यायको क्षेत्रमा अभियान चलाएकै हो । बिचौलिया, दलाल पुँजीवादीविरूद्ध जिहाद छेडेकै हो । यही कारणले हामीलाई सरकार छाड्न बाध्य पारेकै हुन्,’ उनले भने।
उनले माओवादीलाई जनतामा जान दिएकोमा कांग्रेस र एमालेलाई धन्यवाद समेत दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण