मान्छेले विरोधका लागि विरोध गरे: ओली

मान्छेले विरोधका लागि विरोध गरे: ओली

विपद्‌का बेला सरकारले प्रभावकारी काम गरेको दाबी

kp oli airport

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको दाबी गरेका छन्। उनले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको समेत आरोप लगाए।

अमेरिकाबाट स्वदेश आइपुगेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ।’

जवाफका क्रममा प्रधानमन्त्री ओलीले बाढी पहिरो जस्ता विपद्‌का घटनाहरू म आएँ भन्दै नआउने र जतिसुकैबेला पनि पर्न सक्ने बताए। यस्तो बेलामा सरकारले गर्ने भनेको उद्धार व्‍यवस्थापन र राहतका कार्यक्रम रहेको र जुन सरकारले गरेको उनले बताए।

४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds