काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित नहुने बताएका छन् ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको जानकारी गराउने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको बताए ।
उनले भने, ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उडाउने भिजिबिलिटी नभएको मलाई बताउनुभएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन । ४ हजारभन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन ।’
गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराउँदै सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको बताए ।
उनले सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइसकेको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालन गर्न सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार नै क्षतिग्रस्त ८ जिल्लामा पठाइसकिएको पनि जानकारी गराए ।
यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सचेत रहेको बताउँदै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालन गर्न काम गरिरहेको उनको भनाइ थियो । सरकारले अहिले पनि राहत र उद्धारको काम गरिरहेको गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएका छन् ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो