काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ ।
ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ । ‘बाढी प्रभावित क्षेत्रमा खाने बस्ने ठाउँ छैन, त्यस्तो अवस्थामा रोगको झनै जोखिम हुन्छ नै’ उनी भन्छन्, ‘यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’
बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने उनी सुझाउँछन् । खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ । विशेषगरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने देखिएको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’