मकवानपुर । कीर्तिपुर, काठमाडौँका ५० वर्षीय विनोद खड्गीलाई ‘हनी ट्रयाप’मा पारेर हत्या गरिएको पुष्टि भएको छ ।
खड्गीको शव असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलो भन्ने ठाउँमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले विनोदको हत्या भक्तपुरमा भएको र पाँचखाल ल्याएर शव फालिएको पत्ता लगाएको छ ।
खड्गीको अपहरण र हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ का सरिन घिमिरे, महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ घर भइ हाल भक्तपुरको कौशलटार बस्ने वर्ष २० का आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ का रिकेश पौडेल र बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ घर भइ हाल काठमाडौँ, कोटेश्वरस्थित महादेवस्थान बस्ने वर्ष १९ का प्रतिक गौतम छन् ।
उनीहरूलाई काभ्रे जिल्ला अदालतमा पटकपटक गरी १७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
हत्यामा संलग्न ३ जना भारतीय नागरिक फरार रहेको उनको भनाइ छ । उनका अनुसार खड्गीको हत्याको मुख्य योजनाकार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएकी २१ वर्षीय मनिषा महत रहेको अनुसन्धानमा खुलेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ मा डेरा लिएर बस्ने मनिषाले सोही स्थानमा खड्गीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक खड्काले बताइन् ।
प्रहरीका अनुसार मनिषा पटके अपराधी भएको देखिएको छैन । तर, उनी हालै भारतमा पनि ‘हनी ट्रयाप’मा पारी एक व्यक्तिसँग १ लाख ५० हजार रुपैयाँ लिएर नेपाल आएको पाइएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
करिब ३ महिना अगाडि मनिषाले भारतीय नागरिक अन्सु र शिवमसँग मिलेर भारतको ग्रेटर नोएडामा तुसारलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार रुपैयाँ लिइ नेपाल फर्किएकी थिइन् । सो क्रममा मनिषामार्फत सो समूहले नेपालमा पनि धनी व्यक्तिलाई यौन कुण्ठामा पारी रकम लुट्ने योजना बनाएको थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने