पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
शुक्रबार यहाँका पत्रकारसँग परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै आफ्नो पहिलो काम गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए । ‘मेरो पहिलो कार्य भनेको गुण्डागर्दी नियन्त्रण गर्नु हो । जिल्ला प्रहरी मातहातमा रहेका र जिल्लामा भइरहेका गुण्डागर्दीलाई हामी नियन्त्रण गर्छौ’ उनले भने ।
जिल्लाको नेतृत्व लिए पछि पहिलो पटक कार्यकक्षमा पत्रकारसंगको अन्तरक्रियामा अलियाले गुण्डागर्दी नियन्त्रणका लागि काम सुरु गरिसकेको बताए ।
उनले लागूऔषको अत्याधिक कारोवार भएको देखिएकाले त्यसको नियन्त्रणको लागि काम गर्ने योजना सुनाए । पोखरा पर्यटकीय नगरीमा सीसीटिभिको निगरानी बढाउन कहाँ कहाँ क्यामेरा जडान गर्ने भनेर अध्यन गरिरहेको बताए ।
चाडपर्व सुरक्षाका लागि योजना बनाएको र त्यसका लागि ११ सय बढि प्रहरी परिचालन हुने ओलियाले बताए । पोखरालाई अपराधमुक्त र अपराध रहित बनाउने लक्ष्य रहेको ओलियाले सुनाए ।
पत्रकारले पोखरामा रात्रिकालिन व्यवसाय र नाइट क्लबमा बाउन्सरको दादागिरी रोक्ने बारेमा प्रश्न गर्दा उनले गुण्डागर्दी नै त्यही भएको सुनाए ।
‘अघि बाउन्सरको कुरा गर्नुभयो । एउटा बाउन्सरले प्रहरीको सरुवा गर्छ, गुण्डागर्दी भनेकै यही हो । अहिलेको गुण्डागर्दी फोन गरेर मलाई १५ लाख ले वा एक करोड ले भनेर कसैले मागेको अवस्था देखिदैँन’ उनले भने, ‘यो घुमाउरो पाराले हुन्छ । यस्तो घुमाउरो किसिमले हुने गुण्डागर्दीलाई प्रहरीले नियन्त्रण गर्छ ।’
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन