पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
शुक्रबार यहाँका पत्रकारसँग परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै आफ्नो पहिलो काम गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए । ‘मेरो पहिलो कार्य भनेको गुण्डागर्दी नियन्त्रण गर्नु हो । जिल्ला प्रहरी मातहातमा रहेका र जिल्लामा भइरहेका गुण्डागर्दीलाई हामी नियन्त्रण गर्छौ’ उनले भने ।
जिल्लाको नेतृत्व लिए पछि पहिलो पटक कार्यकक्षमा पत्रकारसंगको अन्तरक्रियामा अलियाले गुण्डागर्दी नियन्त्रणका लागि काम सुरु गरिसकेको बताए ।
उनले लागूऔषको अत्याधिक कारोवार भएको देखिएकाले त्यसको नियन्त्रणको लागि काम गर्ने योजना सुनाए । पोखरा पर्यटकीय नगरीमा सीसीटिभिको निगरानी बढाउन कहाँ कहाँ क्यामेरा जडान गर्ने भनेर अध्यन गरिरहेको बताए ।
चाडपर्व सुरक्षाका लागि योजना बनाएको र त्यसका लागि ११ सय बढि प्रहरी परिचालन हुने ओलियाले बताए । पोखरालाई अपराधमुक्त र अपराध रहित बनाउने लक्ष्य रहेको ओलियाले सुनाए ।
पत्रकारले पोखरामा रात्रिकालिन व्यवसाय र नाइट क्लबमा बाउन्सरको दादागिरी रोक्ने बारेमा प्रश्न गर्दा उनले गुण्डागर्दी नै त्यही भएको सुनाए ।
‘अघि बाउन्सरको कुरा गर्नुभयो । एउटा बाउन्सरले प्रहरीको सरुवा गर्छ, गुण्डागर्दी भनेकै यही हो । अहिलेको गुण्डागर्दी फोन गरेर मलाई १५ लाख ले वा एक करोड ले भनेर कसैले मागेको अवस्था देखिदैँन’ उनले भने, ‘यो घुमाउरो पाराले हुन्छ । यस्तो घुमाउरो किसिमले हुने गुण्डागर्दीलाई प्रहरीले नियन्त्रण गर्छ ।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ