पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।
शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आर.के. भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो । उसका लागि निजामुदिन शेखले १९ बलमा अविजित २५ रन हाने । सफल श्रेष्ठले २८ बलमा २४ रन जोडे । पोखरा फिनिक्सका बलर सिब्रिन श्रेष्ठ र सुदर्शन कुँवर दुवै जनाले २/२ विकेट लिए ।
जितका लागि ९५ रन पछ्याएको इस्लामिकले ८.४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच मनोज कोइरालाले बिस्फोटक ब्याटिङ गर्दै १७ बलमा ४६ रन हाने । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै विनोद नेपालीले १२ बलमा अविजित १७ रन, सिब्रिन श्रेष्ठले १२ बलमा १६ रन तथा अमृत लामिछानेले ५ बलमा १४ रन जोडे । भिक्टोरियनका बलर एलिक श्रेष्ठले २ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो । कुस्माका लागि धिरज अधिकारीले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । उसले ३६ अतिरिक्त रन पाएको थियो । इस्लामिकका बलर रोशन कंडेल र पुस्कर पौडेलले ३/३ विकेट लिए ।
जितका लागि ८१ रनको लक्ष्य पाएको इस्लामिकले १६.२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकका लागि प्लेयर अफ म्याच रोशन कँडेलले अविजित २९ तथा विजय विकले अविजित १९ रनको योगदान दिए । कुस्मा वारियरका समिर भुजेल र विकास क्षेत्रीले ३/३ विकेट लिए । खेलाडीहरुले देशमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणा गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु