क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार बिहान भएको अभ्यास खेलमा क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी) विरुद्ध जित हासिल गरेको छ ।
अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग २ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो अभ्यास खेलमा एचपीलाई दुई विकेटले हराएको हो ।
एक सय ९५ रनको लक्ष्य पाएको नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै एचपी विरुद्ध आफ्नो जित निकालेको हो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९ रन, आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेटको गुमाउँदै एक सय ९४ रन बनाएको थियो । एचपीका लागि ओपनर मिहार पटेलले ७२ र खाएविर खानले २८ रन बनाएका थिए ।
बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने करण केसी र सागर ढकालले दुई दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए । नेपाल क्यानडाबाटै लिग-२ सिरिज खेल्न अमेरिका जानेछ ।
अमेरिकामा नेपालले टी-२० र आइसिसी विश्वकप लिग-२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी-२० शृङ्खलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ । त्यसपछि नेपालले लिग-२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो