रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बिमा गर्ने भएको छ। गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बिमा गर्ने कार्यक्रम अघि बढाएको हो।
गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका २०८१ मा उल्लेख भएबमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडवालले बालिका बिमा कार्यक्रम ई-बोलपत्रवाट खोलेर सम्झौता गरिएको बताए। उनले बालिकालाई शिक्षित बनाउन र चालविवाह रोक्नका लागि बिमा कार्यक्रमले भूमिका खेल्ने बताए। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोखेलले बालिका बिमाले मैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बिमा गरिएको बताए।
उनले २० वर्मभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियमअनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए। सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छौरी जन्मिएकालाई मात्र यो बिमा योजनामा आबद्ध गराउनुपर्ने छ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ। बिमा कम्पनी र पालिकाबीचमा भएको सम्झौताअनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बिमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाके खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को बजेटमा बालिका बिमाका लागि रु. २५ लाख बजेट विनियोजन गरेको छ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु