दश दिनमा साढे दुई अर्बका सुकिला नोट सटही

दश दिनमा साढे दुई अर्बका सुकिला नोट सटही

तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने

sukila naya note

काठमाडौँ — सर्वसाधारणले पछिल्लो १० दिन (असोज १३ देखि २२ सम्म) मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

‘मंगलबारसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन्,’ उनले भने, ‘वाणिज्य बैंकले पनि कम्तीमा राष्ट्र बैंकले जति नै रकम बराबरको नोट सटही सुविधा दिएको भन्ने प्रारम्भिक सूचना छ ।’ राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेलले बताए ।

दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका लागि नोट सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

विगतमा नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने निर्णय गर्‍यो । सफा र सुकिला नोट उपयोगका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला दिने निर्णय गरेको हो । तर सुकिला नोटमा सर्वसाधारणको उत्सुकता भने कम देखिन्छ । नोट सटहीका लागि राष्ट्र बैंकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा भीडभाड कम हुनुले पनि यसको पुष्टि गर्ने जानकार बताउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ