सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री

सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री

bheerkot lubdikhola

स्याङ्जाको भीरकोट नगरपालिका -६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफूले पाएको सामाजिक सुरक्षा भत्ता रकमले बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

भीरकोट नगरपालिका -६ स्थित लुब्दीखोला आधारभूत विद्यालयका १३ जना विद्यार्थीलाई थापाले शैक्षिक सामाग्री सहित लत्ताकपडा प्रदान गरेका हुन् । उनले आफ्नो सानो सहयोगबाट विद्यार्थीको मनोबल बढाउन साथै शैक्षिक विकासमा पनि योग्दान पुर्याउन पाउँदा खुसी लागेको बताए ।

उनले भने, ` मेरो सानो योगदानले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।´ परिवर्तनका लागि आफूले भविष्यमा पनि आवश्यक सहयोग गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा भीरकोट नगरपालिका -६ का वडाध्यक्ष लक्ष्मण केसीले थापाको कार्यलाई उच्च सराहना गर्दै यस प्रकारका सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले भने, `हामीले सामुदायिक सहभागितामा यस्ता कार्यलाई बढावा दिन आवश्यक छ ।´

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ