काभ्रे । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब ३ :०० बजेको समयमा रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्गमा सवारी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खोटाङबाट काठमातर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको सुमोको केही भाग मात्र देखिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
उनका अनुसार, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नं. को बसलाई रोशी खोलामा २० मिटर तल बगाएको छ । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उनले बताइन् ।
पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।
सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख खड्काले जानकारी दिइन् ।
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्चीसडक खण्ड र रोशी गा.पा. –११ पिप्ले स्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नहुन प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने