काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार खरानीको डल्लाजस्तो नभएको बताएका छन्। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको सरकार खरानीको डल्लाजस्तो ‘फु’ गरेर उड्ने खालको सरकार नभएको उनले बताएका हुन्।
अहिलेको सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने उनले दाबी गरे। दसैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।
२०८४ सालको दसैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो । ६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्याए।
देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने उनले दाबीसमेत गरे ।
काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले बनेको सरकारलाई खेलाँची नठान्न चेतावनी पनि दिए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु