असोजमा ५३ हजार ५ सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्।
असोजमा म्यानपावर कम्पनीमार्फत २४ हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेहरू भमे १९ हजार ३ सय ५६ जना रहेका छन्। सबै प्रक्रियाबाट असोजमा ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। गत बर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए।
साउदी १० हजार, कतार ९ हजार ७ सय, कुवेत ३ हजार ८ सय, कोरिया १ हजार १ सय ६ जना र जापान १ हजार ४ सय ५६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।
यस्तै, युरोपेली देश रोमानिया २ हजार २ सय जना, ओमान २ सय ७२ जना, क्रोएसिया ७ सय ८३ जना, साइप्रस ४ सय ८५ जना गएकोमा म्यानपावर मार्फत ४ सय २३ जना, जोर्डनका लागि १ सय ७ जना, मलेसिया ४३ जना र मरिससमा ८७ जना गएको विभागले जनाएको छ।
मलेसियाको रोजगारी बन्द भएका कारण त्यहाँ जाने कामदारको संख्या घटेको विभागले जनाएको छ। गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। असोज र कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण