जिल्ला अदालत कास्कीले शुक्रबार गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म प्रहरीले लामिछानेलाई मात्र पक्राउ गरेको छ।
विभिन्न सहकारीको जिम्मेवारीमा रहेका अन्य १३ जनालाई प्रहरीले खोजिरहेको बुझिएको छ। अदालतले पक्राउ पुर्जी जारी गर्नेमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङ, सोही सहकारीसहित स्वर्णलक्ष्मी सहकारी काठमाडौंका देवेन्द्रबाबु राई छन्।
त्यस्तै, बचतकर्ताको रकम अपचलनमा जोडिएका विभिन्न सहकारीमा आबद्ध विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयबाट सोही पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता होबिन्द्र बोगटीको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने