पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा भइरहेको प्रदर्शनप्रति लक्ष्य गर्दै कांग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको जनाएको हो ।
कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुने तथा राजनीतिक दलको झन् बढी जिम्मेवारी हुने भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उसको ठहर छ । प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्ने मान्यताप्रति कांग्रेसले प्रतिबद्धता जनाएको छ ।
उसले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने गरी उत्तेजित र उच्छृंखल गतिविधि नगर्न रास्वपालाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ