सोलुखुम्बु । सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टर उडानमा प्रतिबन्धका लागि प्रस्ताव गरेको हो ।
निकुञ्जको कोर क्षेत्रभित्र दैनिक ५० औं पटक हेलिकप्टर उडान तथा अवतरण हुँदा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभाव पर्ने देखिएकोले उडान रोक्न प्रस्ताव गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताए ।
राष्ट्रिय निकुञ्जले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लालाई पत्र लेख्दै निकुञ्ज क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टरको उडान÷अवतरणमा निषेध गर्न अनुरोध गरिसकेको छ ।
यद्यपि प्रस्तावको निर्णयसहित कार्यान्वनमा भने चुनौती छ । नियम कार्यान्वयन नभए कानूनी प्रक्रियामा अघि बढ्ने निकुञ्जले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस विषयमा आवश्यक छलफल गरेर मात्रै निर्णय गर्न सकिने जनाएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने