बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोज्ने रास्वपाका नेता–कार्यकर्ता पक्राउ

बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोज्ने रास्वपाका नेता–कार्यकर्ता पक्राउ

Raswapa-Baluwatar-Birodh-Pradarshan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाँच दर्जन नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि रिहाइ माग गर्दै रास्वपाले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । सो क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।

उनीहरू निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ परेका हुन्। बालुवाटार प्रधानमन्त्री निवास पनि भएकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेको छ।

गत कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ