बागलुङ । यही कात्तिक २७ गते बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा हरिबोधनी एकादशी मेला आयोजना गरिने भएको छ ।लामो समय बन्द भएको मेला झण्डै २४ वर्षपछि गर्न थालिएको हो।
कालिगण्डकीमा तोरण तार्ने, भजन किर्तन गर्ने र गण्डकी पुजन गर्ने परम्परा हराएको भन्दै मेला आयोजना गर्न थालिएको छ ।
२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । तर यस वर्ष स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट पुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिए। उनले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताए ।
मेलामा बाबियो र कुशबाट बनाइने १०८ मिटर लामो तोरण तारिने छ । मेलाको अवसरमा कालिगण्डकी पुजन, कालिगण्डकी सरसफाई र दिप समेत प्रज्ज्वलन गरिने छ । मेला सफल पार्न विभिन्न उप–समिति गठन गरिएको आयोजकले जनाएको छ ।
कात्तिक शुक्ल एकादशीका दिन सोमबार हरिबोधनी एकादशी मनाइन्छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो