काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका रवि लामिछानेमाथि अदालतले चारवटा पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पोखरा, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रवार प्रहरीलाई अनुमति दिएको छ ।
यसअघि नै उनलाई काठमाडौं जिल्ला अदालतले समेत पक्राउ गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध साहारा चितवन सहकारीका २४ बचतकर्ताले बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए ।
लामिछाने र जोशीसँगै जीबीग्रुपअफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपकलामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।
लामिछाने र जोशी यसअघि नै पक्राउ परेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्। उनीहरू पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा पक्राउ परेका थिए । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देही प्रहरीले दुवैमाथि बयान लिइसकेको छ ।
काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशीमाथि बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई झिकाउने तयारी गरिरहेको छ । बचतकर्ताले दिएको जाहेरीमा साहारा चितवनबाट १० करोड ८० लाख रुपियाँ नियमविपरीत गोर्खा मिडियामा गएको उल्लेख छ ।
सहकारी संस्थाको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु (जीबी) राईले विभिन्न सहरमा सञ्चालन गरेका पाँच सहकारीबाट नियमविपरीत ६५ करोड रुपियाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो । समितिले गत भदौ ३१ म बुझाएको प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई, प्रबन्धनिर्देशक रवि लामिछाने, तत्कालीन सञ्चालकद्वय छविलाल जोशी र कुमार रम्तेलमाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको थियो ।
रम्तेल गत भदौमै पक्राउ परेर पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने राई फरार हुनुहुन्छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्दै प्रहरीले जोशीगत असोज ६ मा र लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ