पोखरामा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पोखरा २५, याम्दीमा बेलुकी ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।
घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको आइचर ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा राति ७ः५५ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घाइते बुढाको टाउकोमा गम्भिर चोट लागेको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिन्छ । धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ ।
ट्रक जेब्रा क्रसिङमा समेत तीव्र गतिमा गुडेको भिडियोमा देखिन्छ । मृतक चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् ।
उक्त सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गापा वडा नं. ३ स्थायी वतन भई हाल पोखरा वडा नं. १ बगर बस्ने वर्ष ४५ को पृथ्वीप्रसाद तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ