काठमाडौँ । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब साँगीतिक समूह मङ्सिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् ।
कीर्तिपुर नगरपालिकाको प्रवर्धन र आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एए सक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एए सक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिएका छन् ।
कर्मा व्याण्डतीन दशक अघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साँगीतिक इतिहासलाई जीवन्त बनाएको व्याण्ड हो । कर्माले नेपाली गीत सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली साँगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ । कन्टर्समा कर्मा व्याण्डका साँगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’लयायतका दर्जन भाकाहरू गुञ्जिने छन् । कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्टर्र्स अनुकरणीय बन्ने छ ।
कुटुम्ब साँगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साँगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ । समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्नेछन् । कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
कन्टर्समा कर्मा व्याण्ड सँगै कुटुम्बको अभूतपूर्व साँगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ । कीर्तिपुरको साँस्कृतिक, साँगीतिक माहोललाई पुनःजीवन्त बनाउँदै कला, संस्कृति र गीत सङ्गीतको प्रवर्धन गर्दै स्रोतादर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवम् आशावादी धुनले झङ्कृत गर्ने छ ।
कीर्तिपुर नगरको साँगीतिक र साँस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवा पुस्ताको ऊर्जा र साँगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असाहय बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसहित गैर नाफामूलक कार्यक्रम गरिएको हो । ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको बृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ । डिजिटल माध्यमबाट मुलुक बाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ ।
आदि ग्रुपअन्तर्गतको एएसक्यु इकाईले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ। गतवर्ष पोखरामा पौष २७गते कन्दरा व्याण्डको ऐतिहासिक ‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको सफल व्यवस्थापन गरेको एएसक्युले ‘एकै स्वरमा, कीर्तिपुरमा’लाई सफल बनाउन कटिबद्ध रहेको जनाएको छ । कीर्तिपुरको साँगीतिक माटोबाट सुरु भएको कर्मा व्याण्डको यात्रा र कुटुम्बको लोक धुनको मोहक प्रस्तुति जीवनभर सम्झन लायक क्षण बन्ने आयोजकको दाबी छ ।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो