स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ११ वटा वडाको अन्तिम मत परिणाम घोषणा भएको छ ।
जसअनुसार नेपाली कांग्रेसले ६, एमालेले ३ तथा माओवादी केन्द्र र नेमकिपाले १–१ वटा वडा जितेका छन् ।
स्थानीय तहमा रिक्त पदका लागि आइतबार ३३ जिल्लामा उपनिर्वाचन भयो। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो।
मतपेटिका संकलन गरेपछि बेलुकीदेखि मतगणना भइरहेको छ। अहिले धमाधम वडाध्यक्षको मतपरिणाम आइरहेको छ।
निर्वाचन आयोगका अनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही विजयी भएका छन् । यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ निर्वाचत भएका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही, जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर निर्वाचित भएका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका जगत धर्ती यसअघि नै निर्वाचित भएका थिए ।
अन्य अधिकांश वडाहरुका साथै स्थानीय तहमा समेत मतगणना जारी रहेका छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण