धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले आफूबारे खोज पत्रकारितामार्फत नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई सिध्याउने धम्की दिएका छन् ।
खोज पत्रकारिता केन्द्र (खोपके) मा समाचार लेखेका पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै साम्पाङले फेसबूकमा श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् ।
केही दिनअघि खोपकेले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको कार्यशैलीबारे खोजी समाचार प्रकाशित गरेको थियो ।
समाचारमा साम्पाङले मेयर हुनुअघि नक्कली माओवादी बनेर चन्दा उठाएको र मेयर भएपछि पनि गैरकानूनी चन्दा सङ्कलन गरेको दाबी गरिएको थियो । प्रमाणसहित छापिएको थियो ।
खोजी समाचारमा साम्पाङको विगतमा चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंक नजिक पक्राउ परेको घटनाको विवरण पनि समावेश छ । माओवादी शिविरमा पुर्याएर उनलाई कुटपिट गरिएको प्रमाण माओवादीका तत्कालीन इन्चार्जले पुष्टि गरेको खोपकेले उल्लेख गरेको छ ।
साम्पाङको धम्कीपूर्ण प्रतिक्रिया
समाचार सार्वजनिक भएसँगै साम्पाङले पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै फेसबूकमा धम्की दिएका छन् ।
उनले लेखेका छन्:
“खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !”
उनले पत्रकारलाई ‘चोरफटाहा’ को उपमा दिँदै सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन् ।
माओवादी बनेर चन्दा उठाएको विगत सार्वजनिक भएपछि मेयर साम्पाङको व्यापक आलोचना भइरहेको छ ।
उनका समर्थकहरूले उनलाई बचाउन प्रयास गरे पनि कतिपयले आलोचना गरिरहेका छन् । तर उल्टै सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिलाई असभ्य र धम्कीपूर्ण भन्दै विरोध आइरहेको छ ।
साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । मेयर साम्पाङले सामाजिक सन्जालमा बुधबार साँझ एक स्टाटस सेयर गर्दै भोलि १० बजे पत्रकार सम्मेलनमा आउन भनेका छन् ।
उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ।’
उनले अगाडी लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन ।’
उनले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष को नामै किटेर ऐना हेर्दै थुक्ने बनाइदिने धम्की समेत दिएका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’